शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीतिमदन भण्डारी फाउण्डेसनको अध्यक्षमा बालकृष्ण देउजा

मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा बालकृष्ण देउजा


चौतारा–एमाले निकट मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा बालकृष्ण देउजा चयन भएका छन् ।

सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारामा शनिबार भएको तेस्रो अधिवेशनले एमालेका प्रभावशाली नेता देउजाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनेको हो ।

फाउण्डेसनको उपाध्यक्षमा अशोक चौलागाईँ, सचिवमा यज्ञ सापकोटा र कोषाध्यक्षमा चरिबहादुर तामाङ छानिएका छन् ।

त्यस्तै सदस्यहरुमा युवा नेतृ सपना थापा, तिलक सापकोटा, सुमन श्रेष्ठ, दीलिप बस्नेत, राजेन्द्र दुलाल, शनिष श्रेष्ठ, हरिचन्द्र श्रेष्ठ, पुष्प पराजुली, सुकुलाल तामाङ, रोहित दोङ, रीना श्रेष्ठ, सुमन पाण्डे, रामचन्द्र थापा, साधुराम खतिवडा र राजेन्द्र लामा चुनिएका छन् ।

अधिवेशनको एमाले केन्द्रीय उपमहासचिव युवराज ज्ञवालीले उद्घाटन गरेका थिए । यसअघि फाउण्डेसनको अध्यक्ष एमाले नेता होमनारायण श्रेष्ठ थिए ।

फाउण्डेसन एमालेका तत्कालीन महासचिव मदन भण्डारीको स्मृतिमा स्थापना भएको संस्था हो । यसले खेलकुद लगायत सिर्जनात्मक कामको क्षेत्रमा काम गर्दै आएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!