बागमती प्रदेशका सांसदले लिए शपथ

चाैतारा-बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज शपथ लिएका छन् । प्रदेश सभाका १०९ जना सदस्यले शपथ लिएका हुन् ।
ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले प्रदेश सभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराए । ढुंगानाले बुधबार सपथ लिएका थिए ।
प्रदेश सभा सचिवालयका अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा र बाँकीले नेपाली भाषामा शपथ लिएका छन् ।
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस