प्रचण्ड मुलुककाे ४४ औं प्रधानमन्त्री नियुक्त

काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा उनलाइ प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
दाहाल मुलुककाे ४४ औं प्रधानमन्त्री बनेकाे हुन् । उनलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । दाहालले ती सांसदहरुको समर्थन सहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।
उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका हुन् । सत्ता गठबन्धन अन्त्य गरेर एमालेकाे बलमा दाहाल तेस्राे कार्यकालकाे लागि प्रधानमन्त्री भएका हुन् ।
क-कसले गरे दाहाललाई समर्थन ? (सूचीसिहत)
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस