बुधबार, असोज १७, २०८०
गृहपृष्ठराजनीति१५४ सांसदकाे समर्थन लिएर शितलनिवास पुगे प्रचण्ड

१५४ सांसदकाे समर्थन लिएर शितलनिवास पुगे प्रचण्ड


काठमाडाैँ-१ सय ५४ सांसदकाे समर्थनपत्र लिएर  प्रधानमन्त्रीमा दाबी पेश गर्न  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शीतल निवास पुगेका छन् ।

एमालेसहितका ७ दलको समर्थनमा प्रधानमन्त्रीको दाबी पेश गर्न प्रचण्ड आफूलाई समर्थन गरेका दलका शीर्ष नेताहरूलाई पनि लिएर शीतल निवास पुगेका हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका १५४ सांसदको समर्थनको पत्र प्रचण्डले राष्ट्रपतिलाई बुझाएका छन् ।

जसपा संसदीय दलको नेता चयन गर्ने प्रक्रियामै रहेकाले उसको पत्र पुग्न बाँकी छ । जसपा पनि जोड्दा १६६ सांसदको समर्थन जुट्छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!