शनिबार, असोज ६, २०८०
गृहपृष्ठराजनीतिब्रेकिङ : प्रचण्डको नेतृत्वमा एमालेसहितकाे सरकार बनाउने सहमति

ब्रेकिङ : प्रचण्डको नेतृत्वमा एमालेसहितकाे सरकार बनाउने सहमति


काठमाडौं-का‌ंग्रेस नेतृत्वकाे गठबन्धन टुटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकाेटमा बसेको बैठकमा यो सहमति जुटेको हो । ‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी एक नेताले भने ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!