मंगलबार, माघ १७, २०७९
गृहपृष्ठराजनीतिस्याङ्जा-२ मा कांग्रेस उपसभापति धनराज गुरूङ विजयी

स्याङ्जा-२ मा कांग्रेस उपसभापति धनराज गुरूङ विजयी


काठमाडाैँ-स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ विजयी भएका छन्।

उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका सचिव पद्मा अर्याललाई साढे पाँच हजारभन्दा बढी मतले हराएका हुन्।

अन्तिम परिणामअनुसार गुरूङले ३१ हजार ४ सय ६६ मत ल्याएका छन् भने एमाले सचिव अर्यालले २५ हजार ८ सय ३९ मत ल्याएकी छन्। उनीहरूबीचको मतान्तर ५ हजार ६ सय २७ छ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरूङले ८ हजार १ सय १३ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा यो क्षेत्रबाट पद्मा अर्याल विजयी भएकी थिइन्। उनले कांग्रेसका गोपालमान श्रेष्ठलाई हराएकी थिइन्।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!