२८ प्रतिशत मत खस्यो, शान्त मतदान केन्द्र (फोटो फिचर)

चौतारा–सिन्धुपाल्चोकमा मतदान जारी छ । शान्तपूर्वक मतदान भइरहेको छ ।
केही केन्द्रमा सामान्य भनाभन बाहेक अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन । । मध्यान्हसम्म २८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए ।
मतदान केन्द्रहरु पुग्दा मतदाताको उत्साहजनक सहभागिता देखिएन । केन्द्रहरु खाली छन् । कुनै भिडभाड छैन । महिला सहभागिता भने उल्लेख्य छ । युवा उपस्थिति न्यून देखियो ।
क्याटेगोरी : फोटो फिचर, राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस