मतदाताको पर्खाइमा मतदान केन्द्र (फोटो फिचर)

चौतारा–निर्वाचन गराउन कार्यक्षेत्र पुगेका कर्मचारी र सुरक्षाकर्मीले त्यसअघिका काम र सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा पु¥याएका छन् ।
चुनावी सामाग्रीसहित मतदान कर्मचारी र सुरक्षाकर्मीको टोली मंसिर बिहीबार नै सम्वन्धित मतदान केन्द्र पुगेका थिए । त्यस दिन चार किल्ला तोक्ने, सर्वदलीय बैठक राख्ने, मतदानस्थल आसपासका प्रचार सामाग्री हटाउने लगायत काम गरेका उनीहरुले शुक्रबार र शनिबार मतदातालाई भोट हाल्न सिकाउने, मतदान केन्द्र निर्माण गर्ने लगायत काम गरे ।
यतिबेला जिल्लैभर मतदान केन्द्र निर्माण गर्ने काम भइरहेको छ । यो अन्तिम चरणमा पुगेको छ । धेरै स्थानमा मतदान केन्द्र निर्माण भइसकेको जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा यो पटक एक अस्थायीसहित १ सय ४५ मतदानस्थल कायम भएका छन् । एक अस्थायीसहित ३ सय २१ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने छ । सिन्धुपाल्चोकमा योपटक २ लाख ६० हजार २ सय ७३ मतदाताले मतदान गर्दै छन् ।
क्याटेगोरी : फोटो फिचर, राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस