बुधबार, मंसीर २०, २०८०
गृहपृष्ठराजनीतिरातिको वास बस्न सुबोध पुगे बस्नेत निवास (फोटो फिचर)

रातिको वास बस्न सुबोध पुगे बस्नेत निवास (फोटो फिचर)


चौतारा–लोकतान्त्रिक–वाम गठबन्धनका क्षेत्र नं. १ का साझा उम्मेदवार माधव सापकोटा (सुबोध) रातिको वास बस्न कांग्रेस नेता मोहनबहादुर बस्नेतको घरमा पुगेका छन् ।

चुनावी अभियानमा रहेका सुबोध शुक्रबार दिनभरको कार्यक्रमपछि रातिको वास बस्न बस्नेतको बाह्रविसे नगरपालिका पलाँतीस्थित निवास पुगेका हुन् । सुबोधसँगै क्षेत्र नंं १ (क) प्रदेश सभाकी उम्मेदवार मसिना खड्का भण्डारीलगायत कांग्रेस, माओवादीका नेतृत्व तहका धेरै नेता बस्नेत निवासमा वास बसेका छन् ।

उम्मेदवार लगायत नेताहरुले रातिको खाना बस्नेत निवासमै खाएको कांग्रेस नेता बुद्धराज बस्नेतले बताए । ‘उम्मेदवार सुबोध र भण्डारीलगायत नेताहरु शनिबार पनि उहीँ बस्ने कार्यक्रम छ,’ उनले भने ।

लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिकाको विभिन्न वडामा सभा, घरदैलोलगायत चुनावी सभामा व्यस्त थिए । गठबन्धनका उम्मेदवारले शनिबारदेखि बाह्रविसे नगरपालिकामा घरदैलो गर्दै छन् ।

‘मोहन दाइकै विशेष अनुरोधमा हामी उहाँको निवासमा बसेका हौँ । भोलि पनि यहीँ बस्ने कार्यक्रम छ । दाइ (बस्नेत) चाहिँ उतै (क्षेत्र नं. २) कार्यक्रममा व्यस्त हुनुहुन्छ’ उम्मेदवार सुबोधले जानकारी दिए । गठबन्धनकै क्षेत्र नंं. २ का उम्मेदवार बस्नेत भने शुक्रबार अभियान लिएर पाँचपोखरी गाउँपालिकामा पुगेका छन् । सुबोध पलाँतीस्थित बस्नेत निवास पुग्दा बस्नेत भने गुन्सामा चुनावी सभालाई सम्बोधन गर्दै थिए ।

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!