आयोगले तोक्यो प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय

काठमाडौँ–निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ ।
असोज २३ गते, आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । उनले सामाजिक सञ्चालमा लेख्दै यसबारे जानकारी दिएका हुन् ।
‘पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन तर्फको मनोनयन पत्र दर्ता गर्ने दिन यही आश्विन २३ गते आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मात्र रहेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गर्दछु’ प्रवक्ता पौडेलले जानकारी दिँदै लेखेका छन् । साथै आयोगले निर्वाचन सम्वन्धी कार्यक्रमसमेत प्रकाशित गर्दै मनोनयनपत्र दर्ताबारे जानकारी दिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारले आ–आफ्नो जिल्ला सदरमुकाम वा निर्वाचन क्षेत्रमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयनपत्र दर्ता गर्ने व्यवस्था आयोगले मिलाएको छ ।
क्याटेगोरी : राजनीति
तपाईको प्रतिक्रिया दिनुहोस