मंगलबार, मंसीर २०, २०७९
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकमा कहाँ, कति मतदाता ?

सिन्धुपाल्चोकमा कहाँ, कति मतदाता ?

प्रतिनिधि/प्रदेशभा निर्वाचन २०७९


चौतारा–आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यो निर्वाचनमा मंसिर ३ गतेसम्म १८ वर्ष पुरा भइ निर्वाचन आयोगमा नामावली अद्यावधिक भएका मतदाताले मतदान गर्न पाउने छन् ।

सिन्धुपाल्चोकमा मतदाताको कुल संख्या २ लाख ६० हजार २ सय ७३ रहेको छ । यो संख्यामा पुरुष मतदाता १ लख ३४ हजार ८ सय १५ र महिला मतदाता १ लाख २५ हजार ४ सय ५८ छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा मतदाता संख्या १ लाख ३० हजार ७ सय नौ रहेको छ । यसमा पुरुष ६७ हजार ६ सय ३१ र महिला मतदाता ६३ हजार ७८ रहेका छन् । यो निर्वाचन क्षेत्रमा बाह्रविसे नगरपालिका, भोटेकोसी, त्रिपुरासुन्दरी, सुनकोसी, लिसंखुपाखर, बलेफी र जुगल गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिका–२, ३, ४, ९ र १० समेटिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ (क) प्रदेशसभामा ६६ हजार ७ सय ५५ मतदाता रहेका छन् । यसमा पुरुष ३४ हजार ५ सय १ र महिलाको संख्या ३२ हजार २ सय ५४ रहेको छ । यो प्रदेशसभा क्षेत्रमा बाह्रविसे नगरपालिका, भोटेकोसी र त्रिपुरासुन्दरी गाउँपालिका पर्छ ।

निर्वाचन क्षेत्र नं. १ (ख) प्रदेशमा ६३ हजार ९ सय ५४ मतदाता रहेका छन् । यहाँ पुरुष मतदाता ३३ हजार १ सय ३० र महिला मतदाता ३० हजार ८ सय २४ छन् । यो प्रदेशसभा लिसंखुपाखर, सुनकोसी, बलेफी र जुगल गाउँपालिका तथा चौतारा साँगाचोकगढी नगरपालिका–२, ३, ४, ९ र १० समेटिएर बनेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. २ मा मतदाताको संख्या १ लाख २९ हजार ५ सय ६४ कायम रहेको छ । यहाँ पुरुष ६७ हजार १ सय ८४ र महिला ६२ हजार ३ सय ८० मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रले चौतारा साँगाचोकगढी नगरपालिका (नौवटा वडा), इन्द्रावती, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिका र मेलम्ची नगरपालिका समेटेको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. १ (क) प्रदेशसभामा ६२ हजार ७ सय ९२ मतदाता छन् । यहाँ पुरुष मतदाताको संख्या ३२ हजार ७४ र महिला संख्या ३० हजार ८ सय ९८ रहेको छ । यो प्रदेशभित्र चौतारा साँगाचोकगढी नगरपालिका (नौवटा वडा), इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिका–९, १० र १३ समावेश गरिएको छ ।

आयोगको तथ्यांकअनुसार क्षेत्र नं. २ (ख) प्रदेशसभा निर्वाचन क्षेत्रमा ६६ हजार ५ सय ९२ मतदाता छन् । यसमध्ये पुरुष मतदाता ३५ हजार १ सय १० र महिला मतदाताको संख्या ३१ हजार ४ सय ८२ रहेको छ । यो प्रदेशसभाभित्र मेलम्ची नगरपालिका (१० वटा वडा), हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिका पर्छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!