मंगलबार, मंसीर २०, २०७९
गृहपृष्ठराजनीतिनिर्वाचन अधिकृतको कार्यालय खोलियो

निर्वाचन अधिकृतको कार्यालय खोलियो

प्रतिनिधि/प्रदेशसभा निर्वाचन–२०७९


सिन्धुपाल्चोक–मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन तयारी, व्यवस्थापन र सञ्चालन गर्न सोमबार सदरमुकाम चौतारामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं. १ र २ तथा त्यस अन्तर्गतका प्रदेशसभासमेत हेर्ने गरी फरक-फरक स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालका अनुसार चौतारा नगरपालिकाको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय यसै कार्यालयबाट सञ्चालन गरिने छ ।

जिल्ला न्यायाधीश विदुर कोइरालालाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनले क्षेत्र नं. २ को निर्वाचन अधिकृतको जिम्मेवारी पनि पाएका छन् । त्यस्तै क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिमा स्थापना गरिएको छ । यस क्षेत्रको निर्वाचन अधिकृतको जिम्मेवारी न्यायाधिबक्ता रुद्रप्रसाद सुवेदीलाई दिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!