मंगलबार, मंसीर २०, २०७९
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकमा उम्मेदवाहरुले कति खर्च गर्न पाउँछन् ?

सिन्धुपाल्चोकमा उम्मेदवाहरुले कति खर्च गर्न पाउँछन् ?

प्रतिनिधि-प्रदेशसभा निर्वाचन–२०७९


सिन्धुपाल्चोक–निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुका लागि चुनावी खर्चको सीमा निर्धारण गरेको छ ।

आयोगले निर्वाचन क्षेत्रको भुगोल, भौगोलिक अवस्था तथा सुगम र दुर्गम स्थिति लगायतका आधारमा निर्वाचन खर्चको हद तोकेको हो । आयोगले सिन्धुपाल्चोकमा उम्मेदवारले चुनावी तयारी, प्रचार लगायत काममा खर्चँन पाउने रकमको सीमा पनि तोकेको छ ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले ३१ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । प्रदेशभातर्फ भने फरक–फरक खर्चको सीमा तोकिएको छ । प्रतिनिधिसभा क्षेत्र नं. १, (क) र (ख) मा उम्मेदवारहरुले १९-१९ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २, (क) र (ख) मा उम्मेदवारहरुले १७-१७ लाख रुपैयाँ खर्च गर्न पाउने गरी आयोगले सीमा निर्धारण गरेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारहरुले आयोगले तोकेको सीमाभन्दा बढी रकम खर्चँन पाउने छैनन् । सीमाभन्दा बढी रकम खर्च गर्ने उम्मेदवारलाई कार्वाही हुने कानुनी व्यवस्था छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!