बुधबार, असोज १९, २०७९
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा अग्नि र सुबोधको नाम सिफारिस, प्रदेशमा को को ?

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा अग्नि र सुबोधको नाम सिफारिस, प्रदेशमा को को ?


चौतारा । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फबाट तीन जनाको नाम सिफारिस गरेको छ । आज बसेको नेकपा (माओवादी केन्द्र) क्षेत्रीय समन्वय समितिले प्रतिनिधि सभा क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फ सभामुख अग्निप्रसाद सापकोटा, फूलम तामाङ र माधव सापकोटा (सुबोध)को नाम सिफारिस गरेको हो ।

माओवादीले समानुपातिक तर्फ पाँच जनाको नाम सिफारिस गरेको छ । समानुपातिकतार्फ पुण्यप्रसाद पराजुली, बिष्णुकुमार श्रेष्ठ, पूर्णबहादुर तामाङ, गणेश बिक र पार्वती थामीको नाम सिफारिस गरेको हो ।

यस्तै प्रतिनिधी सभा १ प्रदेश सभा (क) तर्फ प्रत्यक्षतर्फ सरल सहयात्रीको एकल नाम सिफारिस गरेको छ । सहयात्री प्रदेश अध्यक्षसमेत हुन् । समानुपातिक तर्फ राजकुमार पौडेल, लालकान्छा तामाङ, ज्ञानेन्द्रबहादुर गुरुङ, राजु खाती, आशा गुरुङ शेर्पा र सुन्दर पहरीको नाम सिफारिस गरेको छ ।

यस्तै प्रतिनिधी सभा प्रदेश सभा (ख)को प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ अम्बिका नेपाल, चन्द्र सापकोटा, टिएन सापकोटा र प्रताप सि तामाङको नाम सिफारिस गरेको हो । समानुपातिक तर्फ अमृता नेपाल, गोकर्णदास श्रेष्ठ, पदम श्रेष्ठ, सागर परियार, सुभाष सुन्दाश र टिकाराम पराजुलीको नाम सिफारिस गरेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!