जुगलका जनप्रतिनिधि, शिक्षक र कर्मचारीले फेसबुकमा जथाभावी लेखे कमेन्ट गरे कारबाही हुने

जुगल । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बाेले फेसबुकमा जथाभावी नलेख्न उर्दी जारी गरेका छन् ।
एक सूचना जारी गर्दै स्याङ्बाेले पालिकाका जनप्रतिनिधि, कर्मचारी , शिक्षकहरुलाई सामाजिक सञ्जालमा जथाभावी नलेख्न, कमेन्ट नगर्न उर्दी जारी गरेका हुन्।
उनले सामाजिक सञ्जालकाे प्रयाेगले समाजमा खलल पुगेकाे, समाज विखण्डन भएको र विराेधका लागि विराेध मात्रै गरिएकाले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले त्यसाे गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।
स्याङ्बाे नेकपा माओवादीबाट निर्वाचित हुन्।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस