मंसिर ४ मा संघीय र प्रदेश निर्वाचन गर्ने सरकारकाे तयारी

काठमाडौँ–प्रतिनिधि सभा तथा प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते गर्न सत्ता गठबन्धनका दलहरू सहमत भएका छन् ।
बुधबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले मंसिरमा चुनाव गर्ने अनाैपचारिक सहमति भएको हाे ।
सरकारले आज बस्ने मन्त्रिपरिषद्को बैठकबाट आधिकारिक घोषणा गर्ने जनाईएकाे छ।
निर्वाचन आयोगले सरकारलाई यसअघि नै मंसिरमा चुनाव गराउन सिफारिस गरेको थियो । आयाेगकाे सिफारिसअनुसार चुनाव गराउन गठबन्धन सहमत भएकाे छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस