शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठराजनीतिबेपता परिवारलाई परिचयपत्र कहिले ?

बेपता परिवारलाई परिचयपत्र कहिले ?


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले बेपत्ता परिवारलाई चाँडोभन्दा चाँडो परिचयपत्र उपलब्ध गराउन माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै उनीहरुले बेपत्ता छानबिन आयोगबाट सिफारिस भएर आएका फाइल अघि बढाई पीडितलाई राहत दिन माग गरे ।

सांसद आशाकुमारी विकले १७ वर्ष पुगिसक्दा पनि बेपत्ता परिवारले परिचयपत्र पाउन नसकेको भन्दै तत्काल परिचयपत्रको व्यवस्था गरी पीडितलाई राहत दिन सरकारसमक्ष माग गरिन् । सांसद इन्दुकुमारी शर्माले अहिले नेपालमा पाँच लाखभन्दा बढी नेपाली गैरकानुनी क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको र यसले बैंक तथा वित्तीय क्षेत्रमा पैसा अभाव हुन थालेको भन्दै यसलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिइन् ।

सांसद कमला रोक्काले रुकुमपूर्वको देउखोलादेखि चीनको नाकासम्म जोड्ने रणनीतिक महत्वको सडक निर्माणमा ढिलाइ भइरहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराइन्। सांसद कलिला खातुनले गण्डकी प्रदेशका हरेक क्षेत्रमा गरिएको कर वृद्धिले जनतालाई समस्या भएको भन्दै सङ्घीय सरकारले प्रदेश सरकारसँग समन्वय गरेर कर वृद्धि रोक्न ध्यानाकर्षण गराइन् ।

सांसद कुमारी मेचेले किसानलाई चाँडो मल उपलब्ध गराउन माग गर्नुभयो । सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौँको नागर्जुन नगरपालिका–८ मा हालै चितुवाको आक्रमणबाट एकै परिवारका धेरै व्यक्ति घाइते भएको र उक्त क्षेत्रको बफरजोनको पर्खाल भत्किएकाले जङ्गली जनावार गाउँ पस्ने क्रम बढिरहेकाले मर्मतका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!