महानगरले गाडा उठाएका मेलम्चीका दम्पतीका दुई छाेरालाई निशुल्क शिक्षा

काठमाडौं । गत हप्ता काठमाडौं महानगरपालिकाले बालुवाटारको सडक पेटीमा मकै पोल्दै बस्ने दम्पतीलाई लछारपछार गरि सामान खोसेर बिचल्लीमा परेकाका बालबालिकालाई काठमाडौं एक स्कुलले कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्था गरेको छ।
काठमाडौंको बालुवाटारस्थित कस्मोपोलिटियन स्कुलले सिन्धुपाल्चोक मेलम्ची घर भइ हाल बालुवाटारमा मकै पोलि जिविकोपार्जन गरेका चेतनाथ आचार्य र सीता आचार्यको बच्चाहरु दिपक आचार्य र चेतनारायण आचार्यको कक्षा १२ सम्मको निशुल्क पढाईको व्यवस्था गरेको हो ।
मंगलबार एक कार्यक्रमकाबीच पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको अगुवाइमा
महानगरले गाडा उठाएका आचार्य दम्पतीका बालबालिकालाई कस्मोपोलिटन स्कुलले कक्षा १२ सम्म निशुल्क पढाउने व्यवस्था मिलाएको सो स्कुलका बिष्णु पाण्डेले बताए ।
साथै नेपाली काङ्ग्रेसका नेता तथा महासमिति सदस्य रामकुमार थापाले स्टेशनरि खर्च वापत रु ५ हजार र नेपाली कांग्रेस बागमती प्रदेश केन्द्रिय सदस्य मसिना खड्का भण्डारी बाट कपडा ड्रेस लाइ रु १५ हजार सहयोग उपलब्ध गरेकी थिइन ।
असार १७ गते काठमाडौं महानगरका सुरक्षाकर्मीहरुले आफ्नो नियमित कार्य सम्पादन गर्ने क्रममा सडक किनारमा ठेलागाढामा मकै पोलेर आफ्नो परिवारको जिविकोपार्जन गर्दै आफ्ना २ जना बच्चाको पठनपाठन गर्दै आएका चन्द्रनाथ आचार्य दम्पतीको ठेलागाढा जफत गरिए पश्चात् निज पीडितहरुको जिविकोपार्जन र बच्चाहरुको पठनपाठनमा समस्या भएको कुरा पीडितहरुले व्यक्त गरेका र सामाजिक संजाल लगायत विभिन्न समाचार माध्यमहरुबाट थाहा पाउदै गर्दा मानवीय भावना अनुरुप उनीहरूको समस्यामा केही राहत पुगोस् भन्ने उद्देश्य अनुरुप असार १९ गते नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व संचार मन्त्री मोहन बहादुर बस्नेत लगायत सिन्धुपाल्चोक जिल्ला नेपाली काङ्ग्रेस महासमिति सदस्य श्रवण कुमार जिसि (विनोद) र नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समिती सदस्य कृष्ण कुमार तामाङ (समीर) को व्यक्तिगत सहयोगमा आचार्य दम्पतीलाई सहयोग स्वरुप रु. ५१,०००/- (अक्षररुपी एकाउन्न हजार रुपैयाँ मात्र) हस्तान्तरण गरेका थिए।
असार २१ गते आचार्य दम्पतीका दुईजना बच्चाहरुको कक्षा १२ सम्मको निशुल्क पठनपाठनको निम्ति काठमाडौंको बालुवाटार स्थित कस्मोपोलिटन बोर्डिङ स्कुलमा बन्दोबस्त मिलाईएको छ ।
उक्त निशुल्क पठनपाठनको जिम्मेवारी लिनुहुने कस्मोपोलिटन बोर्डिङ स्कुल परिवार प्रती हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन बस्नेतले दिएका छन।
साथै, आफ्नो दैनिक गुजाराका निमित्त सडक पेटीमा विभिन्न पेशा व्यवसाय गर्नुहुने सबै जनमानसमा सडकमा मानिसको आवतजावत र सवारी साधनहरुलाई प्रभाव नपर्ने गरि आफ्ना कार्यहरु अगाडी बढाउदै जीवन निर्वाह गर्नुहुन हार्दिक अपिल समेत पुर्व मन्त्री बस्नेतले गरेका छन।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस