शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठराजनीतिकांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेपछि बलेफिको ११औं गाउँसभा स्थगित

कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेपछि बलेफिको ११औं गाउँसभा स्थगित


बलेफि । बलेफि गाउँपालिकाको ११औं गाउँ सभा स्थगित भएको छ । नेपाली कांग्रेसका बहुमत गाउँ सभा सदस्यहरूले सभा बहिष्कार गरेपछि स्थगित भएको हो ।

कांग्रेसका जनप्रपितनिधिहिरूले उठाएका मागहरूउपर गाउँपालिका अध्यक्षले बेवास्ता गरेपछि सभा बहिष्कार गर्नुपरेको कांग्रेस जनप्रतिनिधिहरूले बताएका छन् ।

उनीहरूले गाउँपालिकालाई करमुक्त बनाउनुपर्ने, वडामा जनप्रिय योजनाहरूमा बजेट विनियोजन गर्नुपर्ने, वडाकार्यलय भवन नबनेका वडा नम्बर १, २, ७ र ८ को वडा कार्यलय भवनका लागि बजेट विनियोजन गर्नुपर्ने र कक्षा १२ सम्म निशुल्क शिक्षाको व्यवस्थ गर्नुपर्ने माग गरेका छन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!