उद्योग वाणिाज्य संघ सिन्धुपाल्चोकले गर्याे जनप्रतिनिधिलाई सम्मान

बाह्रबिसे । उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले जिल्लामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
बाह्रबिसेमा आज आयाेजित कार्यक्रममा संघले १२ स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु र जिल्ला समन्वय समिति ( जिसस) का प्रमुख र उपप्रमुखलाइ सम्मान गरेको हाे ।
संघका पूर्वअध्यक्ष वेद बहादुर श्रेष्ठका अनुसार जिल्लाबाट सगरमाथा आराेहण गर्ने भाेटेकाेसी – ५ का विकास कार्कीलाई सम्मान गरेको छ ।
यस्तै संघले संघले ११ जना आजिवन सदस्यलाई प्रमाणपत्र वितरण गरेको छ । संघले आगलागीमा परेका संघका सदस्य विदुर खड्कालाई ५ लाख ४६ हजार आर्थिक सहयोग गरेको अध्यक्ष हाेम बहादुर बस्नेतले जानकारी दिए ।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस