आईतबार, असार १९, २०७९
गृहपृष्ठराजनीतिबुद्धराज फर्के कांग्रेसमै

बुद्धराज फर्के कांग्रेसमै


बाह्बिसे । नेकपा माओवादी केन्द्रका बाहरबिसे नगरपालिकाका मेयरका उम्मेदवार बुद्धराज बस्नेत कांग्रेस प्रवेश गरेका छन् ।

उनलाई माओवादी बाह्रबिसे नगर कमिटीले स्थानीय निर्वाचनमा घात गरेको भन्दै कारवाही गर्न माथिल्लो तहमा सिफरिस गरेको थियो । त्यो थाहा पाएपछि बस्नेतले आफूले नै माओवादी पार्टी त्यागेको फेसबुकमार्फत घोषणा गरेका थिए ।

उनी आज कांग्रेस प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले उनलाई काँग्रेस प्रवेश गराएका हुन् ।

उनी कांग्रेसको १३औँ महाधिवेशनसम्म कांग्रेसमै रहेका थिए । कांग्रेस क्षेत्रीय सभापतिमा थोरै मतले पराजित उनी माओवादी प्रवेश गरेका थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!