आईतबार, असार १९, २०७९
गृहपृष्ठराजनीतिकांग्रेस भएकै कारण विवाहका लागि काटेको दाउरा विवाह अघि नै मट्टितेल हालेर आगो लगाइदिए : उपाध्यक्ष नेपाल

कांग्रेस भएकै कारण विवाहका लागि काटेको दाउरा विवाह अघि नै मट्टितेल हालेर आगो लगाइदिए : उपाध्यक्ष नेपाल


त्रिपुरासुन्दरी गाउँपालिकामा गत वैशाखमा भएको स्थानीय निर्वाचनमा कांग्रेसले जित हात पारेको छ । अध्यक्षमा भक्तध्वज बोहोरा र उपाध्यक्षमा गीता नेपाल निर्वाचित भएका छन् । गीता नेपालले लामो राजनीतिक बाटो तय गरेर उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

उनी भन्छिन्, ‘म जन्मजात कांग्रेस हुँ । क्रियाशील सदस्य बनेको १७ वर्ष भयो । भोट हाल्न सुरु गरेको ५६ सालदेखि हो । सुरुमा साधारण सदस्य भए । त्यसपछि क्रियाशील सदस्य भए । क्षेत्रीय प्रतिनिधि बनेर तीन वटा निर्वाचन भाग लिए ।’ अहिले सबैले मेरो मूल्याकंन गरेर महाधिवेशन प्रतिनिधिमा जिताउनुभएको छ । अहिले पार्टीले टिकट दिएर त्रिपुरासुन्रदीको उपाध्यक्षमा निर्वाचित भए ।

कांग्रेस भएकै कारण मैले नेकपा एमालेबाट धेरै पिडा र कष्ठ सहनुपर्यो । रोजगारीको क्रममा कांग्रेस भएकै कारण केही रोजगार पाउन सकिएन । विवाहका लागि काटेको दाउरा विवाह अगाडि आगो लगाएको थिए । खेतीपाती गर्न मान्छे पाउन नसक्नु आएकालाई फर्काउनु । रातिको समयमा घरमा आएर ढुंगा हान्नु । जस्ता धेरै पीडा सहनुपर्यो । उनी भन्छिन् त्यसको प्रतिफल अहिले मैले पाएको छु । आज तिनै त्रिपुरासुन्दरीकी उपाध्यक्ष गीता नेपालसँग सिन्धु खबरले गरेको कुराकानी ।

निर्वाचित हुनुभयो अब कसरी काम गर्नुहुन्छ ?
नीति र प्रक्रियाभन्दा बाहिर गएर काम गर्दिन । पारदर्शी हिसाबले काम गर्ने कुरा घोषणापत्रमै उल्लेख गरिसकेका छौ । समृद्ध त्रिपुरा सुन्दरी बनाउन मुख्य रुपमा सडक, शिक्षा, स्वास्थ्य र कृषि पेशालाई आधुनिकिकरण गर्ने कुरामा अगाडि बढ्ने छौं । बिशेषगरी स्वास्थ्य बिमा कार्यक्रम अगाडि बढाउनेछौं । महिला दिदीबहिनीका लागि आयआर्जन कार्यक्रम । त्रिपुरासुन्दरी, महभिर छाँगा, लट्टेश्वर मन्दिर लाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सक्छौँ कि भन्ने अवधारणा राखेका छौं । हाम्रै पालिकाकै स्रोतले थान्दैन । सरकारी निकायबाट पनि सम्भव छैन । तसर्थ लट्टेश्वर मन्दिरबाट कालिञ्चोकसम्म केबलकार सञ्चालनका लागि डिपिआर गर्न सकियो र दाता खोज्न सकियो भने त्यसलाई अगाडि बढाउन सकियो भने त्यहाँको आयस्तर बढ्न सकिन्छ । भन्ने हो ।

वर्षा लाग्यो विपद व्यवस्थापनका लागि के तयारी छ ?
शुक्दल खोलाको बाटोका लागि धुस्कुनबाट पिस्कर जाने पुल छ । हामीले तीन वटा पुलको प्रस्ताव ल्याएका छौं । एउटा पालिका जोड्न घोर्थलीबाट लाटु जाने एउटा पुल , पिस्करको कुराथलीबाट जाने एउटा पुल निर्माणको तयारी गरेका छौं । पिस्करको पालिका कार्यालय जाने खोलामा एउटा पुलको तयारी छ । त्यस्तै केही विपद आइहालेमा पनि वडालाई नै स्रोत साधनले सम्पन्न गर्ने लक्ष्य छ । सामान्य उद्धार तथा राहतका लागि वडालाई नै तयारी अवस्थामा राख्ने छौं । ठूला विपदका घटना सामाना गर्ने क्षमता हामीमा पनि छैन । भर्खरै निर्वाचित भएर आएका छौं । विस्तारै सबै सक्षम बनाउँदै जानेछौं र

महिला सशक्तिकरणमा तयाईको भुमिका के हुन्छ ?
एउटा खाका तयार गर्दैछु । त्यही अनुसार काम गर्छु ।

न्याय सम्पादनका लागि तपाई कसरी काम गर्नुहुन्छ ?
यो वा त्यो नछुट्याई सबैलाईै समान रुपले व्यवहार गर्छु । न्याय सम्पादनका समयमा केहीको प्रभाव रहदैन् ।

पहिलो बैठकमा के गर्नुभयो ?
पहिलो बैठकमा कार्यपालिकालाई पूर्णता दिने कुरा नै मुख्य रह्यो ।

कार्यपालिका बैठकमा कस्ता एजेण्डामा छलफल भए ?
गत वर्षको कामको समिषा गर्दै अब आउने वर्षको बजेटलाई कसरी परिचालित गर्ने भन्ने पहिलो एजेण्डा हो । गएको निर्वाचित प्रतिनिधिहरुले बजेट विनियोजन गरेर सञ्चालित कार्यक्रमहरुको अनुगमन मैले पनि गरे त्यस्ता ठाउँमा टुक्रे बजेट बढी बाडिएको पाइयो । त्यस्तै गतिविधिले गर्दा राज्यको लगानी खेर गएको देखिन्छ । न जनताले नै कुनै विकासको अनुभुति गर्न नै पाउँछन । अब हामीले चाहि बजेटहरु टुक्र्याएर नदिने तर जनताले विकासको अनुभुति गर्ने गरि विकास गर्ने लक्ष्य लिएका छौं ।


क्याटेगोरी : राजनीति, विचार/अन्तरवार्ता
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!