शुक्रबार, भदौ ३, २०७९
गृहपृष्ठराजनीतिजिसस सिन्धुपाल्चोकमा कांग्रेसका बालकृष्ण विजयी

जिसस सिन्धुपाल्चोकमा कांग्रेसका बालकृष्ण विजयी


चौतारा । जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकमा कांग्रेस र एककिृत समाजवादीका गठबन्धन्का उम्मेदवार विजयी भएका छन् । आज भएको निर्वाचनमा कांग्रेसका बालकृष्ण श्रेष्ठ निर्वाचित भएका हु्न् । २४ मत भएको जिल्लामा उनले १३ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले र माओवादी केन्द्रका गठबन्धनका उम्मेदवार गणेश विकले १० मत पाएका छन् । उपप्रमुखमा गठबन्धनबाटै पदमनाथ नेपाल विजयी भएका छन् । उनले पनि १३ मत पाएका छन् उनका निकटतम प्रतिद्धन्द्धी जेपी सिलवालले ११ मत पाए ।

यस्तै सदस्यहरूमा पनि गठबन्धन दल कांग्रेस र समाजवादीकै सदस्यहरू विजयी भएका छन् । सदस्यहरूमा जितबहादुर कार्की, बलराम केसी, विक्रम तामाङ , अम्बिका बस्नेत, ढकमाया तामाङ , सेतो कोयराला, सोममाया श्रेष्ठ, तारा नेपाली विजयी भए ।

यसअघि जिसस सिन्धुपाल्चोक एमालेले जितेको थियो । पार्टी विभाजगपछि सिन्धुपाल्चोकमा एमालेको उपस्थिति कमजोर देखिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!