आईतबार, असार १९, २०७९
गृहपृष्ठराजनीतिबलेफिका ६ वडामध्ये चार वडामा कांग्रेस निर्वाचित

बलेफिका ६ वडामध्ये चार वडामा कांग्रेस निर्वाचित


बलेफि । बलेफि गाउँपालिकाको आठ मध्ये ६ वडाको मतगणना सकिएको छ । वडा नम्बर १ मा

वडा नम्बर १ मा हुप बहादुर खड्का ६७९ मतसहित विजयी भए । उनले माओवादी केन्द्रका दिलप्रसाद कर्माचार्य (५४१) लाई पराजित गरेका हुन् ।

यस्तै वडा नम्बर २ मा छविलाल न्यौपाने विजयी भएका छन् । उनले माओवादी केन्द्रका पुरुषोतम सापकोटालाई पराजित गरेका हुन् । दुवै उम्मेदवारको मत ४९५ आएपछि गोलाप्रथाबाट न्यौपाने विजयी भएका हुन् ।

यस्तै वडा नम्बर ३ मा कांग्रेसका रितेश तामा विजयी भएका छन् । उनले माओवादीका फूलमान तामाङ ९३७५० लाई पराजित गरेका छन् ।

यस्तै वडा नम्बर ४ मा माओवादी केन्द्रका सुर्य बहादुर तामाङ ६६४ मत ल्याएर विजयी भएका छन् । उनले कांग्रसका उम्मेदवार राजु लामा (४८०) लाई पराजित गरेका छन् ।

यस्तै वडा नम्बर ५ मा कांग्रेसका यादव ठकुरी निर्वाचित भएका छन् । उनले ६५७ मत ल्याएका छन् । उनले एमालेका भक्त लाल श्रेष्ठ (५३७) लाई पराजित गरेका हुन् ।

वडा नम्बर ६ मा विवाद भएर पुनः मतगणना सुरु गरिएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!