सोमबार, जेठ २, २०७९
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकका केही मतदान केन्द्रमा अझै मतदान जारी

सिन्धुपाल्चोकका केही मतदान केन्द्रमा अझै मतदान जारी


चौतारा । सिन्धुपाल्चोक जिल्लामा अझै केही स्थानमा मतदान कार्य जारी रहेको छ ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई मतदान गर्ने समय छुट्याएपनि केही मतदान केन्द्रमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन अधिकृत विकास रिजालले बिहान ढिला सुरु भएका मतदान केन्द र पटा पटक विवादका कारण मतदान रोकिएका स्थानमा मतदान हुँदै गरेको जानकारी दिए ।

रिजालले मतपेटिका आजै पालिसम्म ल्याइसकेर सर्वदलीय बैठक बसेर मत गन्ने निर्णय भएमा आजै मतगणना सुरु हुन्ने अन्यथा भोलि बिहानबाट मतगणना सुरु हुने बताए ।


क्याटेगोरी : राजनीति
ट्याग : #banner

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!