आईतबार, असार १९, २०७९
गृहपृष्ठराजनीतिहेलम्बु घटना एमालेको पराजित मानसिकताको उपज : काँग्रेस

हेलम्बु घटना एमालेको पराजित मानसिकताको उपज : काँग्रेस


मेलम्ची । हेलम्बु गाउँपालिकामा एमाले कार्यकर्ताहरुले कांग्रेस कार्यकर्ताहरुमाथि गरेको आक्रमणको हेलम्बु कांग्रेसले भत्र्सना गरेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार भण्डारीले विज्ञप्ति जारी गर्दै गाउँपालिकामा भएका दुई घटना घटाउनेप्रति खेद प्रकट गर्दै कारबाहीको माग गरेका छन् ।

गएराति हेलम्बु गाउँपालिका १ खर्चुङमा राति नौ बजेको समयमा एमालेका वडाध्यक्षका उम्मेदवार अनिल लामा, हेलम्बु २ का वडासदस्यका उम्मेदवार निमा लामासहितका ३०३५ जनाको समूहले नेपाली कांग्रेस हेलम्बु १ का वडा सभापति मिङमार छिरिङ शेर्पाको घरमा घेरा हाली आक्रमण प्रयास गरेका थिए ।

यस्तै हेलम्बु ३ पाल्चोकमा एमालेका वडासदस्यसहितको एक टोलीले गएराति साँझ साढे सात बजेको समयमा आफ्नो घर जाँदै गरेका काँग्रेसका नेता ८२ वर्षीय रामबहादुर साम्देनलाई बाटो छेकी भौतिक आक्रमण गरी सख्त घाइते बनाएका थिए ।

यस्तै सोही बाटो हुँदै घर जाँदै गरेका कांग्रेसका स्थानीय मानदोर्जे दोङ र फूर्पा दोङले बाटोमा कुटपिट गरिरहेका एमाले कार्यकर्तालाई वृद्ध मानिसलाई किन कुटेको भन्दा एमालेका फिन्जो लामा र बुद्धिलाल लामालगायत दर्जन कार्यकर्ताले ज्यान मार्ने उद्देश्यले एक्कासि धारिलो हतियार, खुकुरी, तरबार, चिपर्ट प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

हेलम्बु कांग्रेसले यस्ता घटना एमालेको पराजित मानसिकताको उपज भएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले दोषी उपर कडा कानुनी कारवाहीको माग गरेको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!