सोमबार, जेठ २, २०७९
गृहपृष्ठराजनीतिबाह्रबिसे नगरपालिकाः बालकृष्ण र निमफुञ्जोलाई जित्नैपर्ने बाध्यता

बाह्रबिसे नगरपालिकाः बालकृष्ण र निमफुञ्जोलाई जित्नैपर्ने बाध्यता


बाह्रबिसे । बाह्रबिसे नगरपालिकामा दुई बस्नेत र एक शेर्पा चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसबाट बालकृष्ण बस्नेत एमालेबाट निमफूञ्जो शेर्पा र माओवादी केन्द्रबाट बुद्धराज बस्नेत चुनावी मैदानमा छन् ।

उनीहरु तीनै जना २०७४ को स्थानीय तह निर्वाचनमा पनि चुनावी प्रतिस्पर्धामै थिए । २०७४ को निर्वाचनमा २ सय १८ मतले बालकृष्णलाई पराजित गर्दै शेर्पा मेयरमा निर्वाचित भएका थिए । त्यतिबेला मेयरमा शेर्पा र उपमेयरमा सुशिला पाख्रिन दुवे एमालेबाटै निर्वाचित भएका थिए । कांग्रेसबाट उमपेयरकी उम्मेदवार लीला नेपाल सुशिलासँग पराजित भएकी थिइन् । यसपटक सुशिला पुनः उमपेयरमा उठेकी छिन् । कांग्रेसले भने मञ्जु तामाङलाई उपमेयरमा अगाडि सारेको छ ।

यो निर्वाचन कांग्रेसलाई जसरी पनि जित्नैपर्ने छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको गृहनगर भएकाले पनि यो चुनाव बस्नेतको प्रतिष्ठाको विषय बनेको छ । यो नगरको जित हारले आउँदो संघीय चुनावमा बस्नेतको जित हारको सुनिश्चित गर्दछ ।

गत स्थानीय तहको निर्वाचनमा आफ्ने नगरलगायत छिमेकी गाउँपालिकासमेत जित्न नसक्दा बस्नेत संघीय चुनावमा पराजित हुनुपरेको थियो । अर्को कुरा २१८ को थोरैको मतान्तरलाई घटाएर जित्ने दाउमा कांग्रेस छ । त्यसका लागि उम्मेदवार बालकृष्णले धेरै मेहनत पनि गरेको देखिन्छ । तर, उनी गुण्डागर्दी ब्याकग्राउण्डबाट एकैपटक राजनीतिमा आएकाले उनलाई आफ्नै परिचय फेर्न पनि गाह्रो भएको देख्न सकिन्छ ।

मेयरमा आकांक्षा राखेका पूर्व पार्टी सभापति भूपेन्द्र थापालाई वडाबाट नै सिफारिस नगरेर बालकृष्णले टिकट पाउन आफ्नो बाटो सहज बनाएका थिए । अब जितका लागि भुपेन्द्रलाई पन्छाएर हैन सँगसँगै लानुपर्ने बाध्यता बस्नेतलाई छ । तर, त्यो त्यति सहज भने छैन् । मोहन बस्नेतको कारण बालकृष्णले कति नेता कार्यकर्तालाई सँगै लान सक्छन् या सक्दैनन् त्यसमा पनि उनको जित निर्भर छ । अर्कोतर्फ कांग्रेस छाडेर गएका नेता कार्यकर्ताको क्षतिपुर्ति पनि कांग्रेसले गर्न सक्नुपर्छ ।

यता, एमालेका उम्मेदवार निमफूञ्जो जित निकाल्ने दाउमा छन् । गठबन्धन भयो भने मेयरको उम्मेदवार नबन्ने सोच गरेका शेर्पा पछिल्लो समय उम्मेदवार भएका हुन् । उनले कांग्रेस केन्द्रीय सदस्य बस्नेतले आफूलाई मुख छाडेकाले जसरी पनि मेयर उठ्ने र जितेरै छाड्ने बताएका छन् । उनले गरेको वाचा कति पुरा हुन्छ त्यो भने वैशाख ३० पछि हेर्न सकिन्छ । अर्को लाभ भने उनलाई जनजाति भोटरको हो । अन्य दुई बस्नेत भएकाले शेर्पालाई जनजाति भोटको लाभ हुने देखिन्छ । बाह्रबिसे नगरमा जनजाति भोटरको पनि उतिकै बाहुल्यता छ । अन्तिममा जनजातिको नारा उठाएर शेर्पाले लाभ लिनसक्ने पनि देखिन्छ ।

अर्का माओवादीका उम्मेदवार बुद्धराज बस्नेत पनि चुनाव जित्ने दाउमा छन् । तर, बाहरबिसेमा माओवादी केन्द्रलाई चुनाव जित्न त्यति सहज छैन् ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!