सुनकोसीमा माओवादी र एमालेबीच चुनावी गठबन्धन

खाडिचाैर । सुनकोसी गाउँपालिकामा माओवादी र एमालेबीच गठबन्धन भएको छ ।
उम्मेदवार फिर्ताको आज अन्तिम दिन दुवै पार्टीका अध्यक्ष र उपाध्यक्षले उम्मेदवारी फिर्ता लिएर माओवादी र एमालेबीच गठबन्धन गर्ने सहमति भएको हाे ।
माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवर र एमालेकाे उपाध्यक्षमा उम्मेदवारी दिएकी मञ्जु नेपालले उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन पनि हाे ।
अब गठबन्धन दलबाट अध्यक्षमा टपिन्द्र तिमल्सिना र उपाध्यक्षमा दुर्गा थापाकाे उम्मेदवारी कायम रहनेछ ।
सुनकाेसीमा काँग्रेसबाट चुनावी मैदानमा अध्यक्षमा विनाेद जिसि र उपाध्यक्षमा कान्छिमाया तामाङ छन्।
क्याटेगोरी : राजनीति
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस