एमाले वडाध्यक्षका प्रत्यासी केदार थापा काँग्रेस प्रवेश

चाैतारा । इन्द्रावती गाउँपालिकाका एमाले वडाध्यक्षका प्रत्यासी काँग्रेस प्रवेश गरेका छन् ।
वडा नम्बर ३ का वडाध्यक्ष प्रत्यासी केदार थापा आज काँग्रेस प्रवेश गरेका हुन् ।
पूर्वमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य माेहनबहादुर बस्नेत र पूर्व केन्द्रीय सदस्य विष्णु विक्रम थापाले थापालाई काठमाडौंमा एक कार्यक्रमकाबीच काँग्रेस प्रवेश गराएका हुन् ।
२०७४ काे स्थानीय निर्वाचनमा उनी करिब ३६ मतले काँग्रेसका उम्मेदवारसँग पराजित भएका थिए ।
कार्यक्रममा इन्द्रावतीका स्थानीय नेता कार्यकर्ताकाे उपस्थिति रहेको थियाे। थापाकाे काँग्रेस प्रवेशले सिन्धुपाल्चोक एमाले थप कमजाेर बनेको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #banner
तपाईको प्रतिक्रिया दिनुहोस