आईतबार, माघ ९, २०७८
गृहपृष्ठराजनीतिआज देखि नेपाली कांग्रेको प्रदेश अधिवेशन सुरु हुँदै

आज देखि नेपाली कांग्रेको प्रदेश अधिवेशन सुरु हुँदै


काठमाडौं । नेपाली कांग्रेको १४औं महाधिवेशन अन्तर्गत आज (बिहीबार)देखि प्रदेश अधिवेशन सुरु हुँदैछ । कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो ।

आज प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेस कार्यतालिकाअनुसार बिहीबार प्रदेश अधिवेशन उद्घाटन हुनेछ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सात वटै प्रदेशको प्रदेश अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गर्ने जनाइएको छ ।

प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरधाममा, बागमती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुनेछन् ।

कांग्रेस निर्वाचन समितिले प्रदेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएका जनाएको छ । कांग्रेसका नेताहरू प्रदेश अधिवेशनका लागि तोकिएका स्थानहरूमा पुगिसकेका छन् ।

प्रदेश अधिवेशन गर्नका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई अध्यक्षतासहित संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ ।

निर्वाचन समितिका अनुसार मंसिर १७ गते मनोनयन उम्मेदवारको मनोनयन दर्ता हुनेछ र मंसिर १८ मा  मतदान हुनेछ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!