आईतबार, माघ ९, २०७८
गृहपृष्ठराजनीतिमाओवादी भोटेकोशीमा लाक्पा शेर्पाको अध्यक्षतामा कार्यसमिति चयन

माओवादी भोटेकोशीमा लाक्पा शेर्पाको अध्यक्षतामा कार्यसमिति चयन


सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले लाक्पा शेर्पाको अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार भएको अधिवेशनमा शेर्पासहित ५५ जना कार्यसमिति चयन गरिएको हो । उपाधयक्षमा फुन्नु शेर्पा, पासाङ शेर्पा र बिमल श्रेष्ठ, सचिवमा आङछिरिङ शेर्पा, सहसचिवमा लक्ष्मी प्रधान र कोषाध्यक्षमा कैलाश रसाईली चयन भएका छन् । माओवादीले सिन्धुपाल्चोकका १० वटा पालिकामा यसअघि नै अधिवेशन गरिसकेको थियो ।

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!