आईतबार, माघ ९, २०७८
गृहपृष्ठराजनीतिकांग्रेस सिन्धुपाल्चोकबाट यी बने महाधिवेशन प्रतिनिधि

कांग्रेस सिन्धुपाल्चोकबाट यी बने महाधिवेशन प्रतिनिधि


सिन्धुपाल्चोक । नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्रको प्रतिनिधिहरू छानिएका छन् । २ नम्बर क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ सर्वाधिक चार सय ८७ मत ल्याएर विजयी भएका छन् ।

महाधिवेशन प्रतिनिधिका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट २५ जना प्रतिनिधि छानिएका छन् ।

प्रत्यक्ष खुलातर्फ वंशलाल तामाङ, विकास लामा, निमा लामा, बिलबहादुर तामाङ, राजेन्द्रबहादुर गोर्खाली, जिमी लामा, निमाग्याल्जेन शेर्पा, विकास तामाङ, सागारकुमार श्रेष्ठ, भरत खड्का चयन भएका छन् । प्रत्यक्ष महिलातर्फ जमुना मोक्तान तामाङ, करिना पुरी, गंगा चापागाई, लक्ष्मी सुनार छन् ।

खस आर्य खुलातर्फ बासुदेव अधिकारी र उद्धव बानियाँ, खस आर्य महिलातर्फ गोपिनी गिरी,आदिवासी जनाजाति खुलामा प्रकाश गुरुङ, श्री लामा र कालिका गोले चयन भएका छन् ।

आदिवासी जनजाति महिलामा सर्वसम्मत रहेकामा रेनुका श्रेष्ठ, सानुमैया, हिमालय,सविता गुरुङ हुन् । मधेसी वा थारु वा मुस्लिम वा अल्पसंख्यकबाट शिवहरि नेपाल चयन भएका छन् ।

कांग्रेस सिन्धुपाल्चोकको प्रतिनिधिसभा १ को अधिवेशनमा मोहन बस्नेत अत्यधिक मतसहित प्रतिनिधि चुनिसकेका छन् । बस्नेतसँगै महाधिवेशन प्रतिनिधिमा उनको प्यानलबाट प्रत्यक्षतर्फ नौजना विजयी भएका छन् ।

कुल एक हजार ३४ मत खस्दा बस्नेत आठ सय दुई मत ल्याएर विजयी भएका हुन् । उनकै प्यानलबाट प्रत्येक्षतर्फ डा। प्रेमध्वज लामा, हरिशरण श्रेष्ठ, श्रवणकुमार जिसी ९विनोद०, भोला बोहरा , राजेन्द्रकुमार श्रेष्ठ, विष्णुबहादुर खत्री, रामबहादुर लामा र जंगबहादुर लामा विजयी भएका छन् ।

बस्नेतले पटक पटक कारबाही गरेका उनी इतर खेमाका दोर्जे लामा (हाउडे)समेत महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । बस्नेत इतर खेमामा रहेका जिल्ला सभापतिमा प्रत्यासी रहेका भुपेन्द्र थापाले वडास्तरमै हार व्यहोर्दा लामाको जितले उनलाई प्रभावशाली नेताको रूपमा उभ्याएको छ । उनी तरुण दलका जिल्ला अध्यक्ष हुन् । लामालाई बस्नेतले कारबाही गरेर समानान्तर तरुण दल बनाउँदासमेत विधानतस् लामा नै पुनः अध्यक्ष बनेका थिए ।

कांग्रेसको महाधिवेशन प्रतिनिधिमा महिलाबाट लीलाकुमारी नेपाल, गेल्मु शेर्पा बुढाथोकी, शर्मिला घिमिरे खड्का र मसिना खड्का भण्डारी निर्वाचित भएका छन् । खस आर्यतर्फ युधिर पौडेल, रामकुमार थापा, आदिवासी जनजातितर्फ पासाङ नोर्बु शेर्पा, हिमालकुमार श्रेष्ठ, ङिमा जाङ्मु शेर्पा निर्वाचित भएका छन् ।

अल्पसंख्यक कोटाबाट भने प्रेम लामा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन १४ र १५ मंसिरमा मेलम्चीमा हुने जिल्ला सभापति विकास लामाले जानकारी दिए ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!