आईतबार, माघ ९, २०७८
गृहपृष्ठराजनीतिसिन्धुपाल्चोकको क्षेत्रीय समितिमा बस्नेत र तामाङको प्यानल नै विजयी

सिन्धुपाल्चोकको क्षेत्रीय समितिमा बस्नेत र तामाङको प्यानल नै विजयी


सिन्धुपाल्चोक । २ वटा प्रतिनिधिसभा भएको कांग्रेस सिन्धुपाल्चोकको क्षेत्रीय अधिवेशनमा बालकृष्ण बस्नेत र आइतमान तामाङ निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनबाट क्षेत्र नम्बर १ मा बस्नेत निर्वाचित भएका हुन् । भने क्षेत्र नम्बर २ मा तामाङ निर्वाचित भएका हुन् । बस्नेतले तीर्थ लामालाई पराजित गरेका थिए भने तामाङले कृष्ण बहादुर तामाङलाई पराजित गरेका थिए ।

राति अबेर आएको परिणाममा बस्नेत र तामाङको प्यानल नै विजयी भएको हो । बस्नेतको प्यानलबाट सचिवमा कृष्ण प्रसाद आचार्य र सञ्चवीर तामाङ, सह सचिवमा अजय तामाङ र सुजन पौडेल विजयी भएका छन् ।

यस्तै सदस्यहरुमा निमा शेर्पा, रामशरण बस्नेत, नेत्रबहादुर सापकोटा, पदमलाल श्रेष्ठ, रामशरण भण्डारी, स्वस्थानी कार्की थापा, हिरा बहादुर भण्डारी, देवदोर्जे तामाङ र मानकाजी गुरुङ निर्वाचित भएका छन् । बस्नेत संस्थापन प्यानलका हुन् ।

यस्तै क्षेत्र नम्बर २ सभापतिमा तामाङसहित सचिवमा केशव श्रेष्ठ र विष्णु घोरासैनी, सहसचिवमा प्रेमसिंह तामाङ र दीपकुमार तामाङ र सदस्यहरुमा शुशिला लामिछाने, बुद्धि बहादुर तामाङ, शम्भुप्रसाद कोइराला, साइला तामाङ र तामा माझी निर्वाचित भएका छन् । तामाङ संस्थापनइतर पक्षका हुन्।

महाधिवेशन प्रतिनिधिका उम्मेदवारको भने मतगणना जारी छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!