शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिकाँग्रेस सिन्धुपाल्चोककाे पालिका सभापतिमा यी आकांक्षी

काँग्रेस सिन्धुपाल्चोककाे पालिका सभापतिमा यी आकांक्षी


चाैतारा । सिन्धुपाल्चोक काँग्रेसकाे पालिका अधिवेशन साेमबार हुने भएको छ ।

वडामा अधिवेशन हुन नसकेपछि स्थगित भएको अधिवेशन शनिबार वडा अधिवेशन भएपछि साेमबार पालिका अधिवेशन हुन लागेको हाे ।

सिन्धुपाल्चोकका १२ वटा स्थानीय तहमा काँग्रेसले भाेलि नयाँ नेतृत्व चयन गर्दैछ । त्यसका लागि प्रत्येक वडामा २ देखि ५/६ जनासम्म उम्मेदवार छन् ।

भाेटेकासी गाउँपालिकामा चार जना सभापतिका आंकाक्षी छन् । भाेटेकाेसीमा मुके शेर्पा,साङदाेर्जे शेर्पा,साङबु शेर्पा र देवी बहादुर बुढाथोकी सभापतिका उम्मेदवार छन् । यस्तै बाह्रबिसे नगरपालिकामा शम्भु तिमल्सिना र रेशम तामाङ सभापतिका आंकाक्षी छन् ।

यस्तै त्रिपुरासुन्दरी गाउँपालिकामा सभापतिका आकांक्षी पाँचजना छन् । माेहन कुमार श्रेष्ठ,भक्तध्वज बाेहाेरा,रमेश राउत, देवराज श्रेष्ठ र माेहनभक्त श्रेष्ठ छन् ।

यस्तै, लिसंखुपाखरमा पनि पाँचजना आकांक्षी छन् । गंगा बहादुर श्रेष्ठ, घ्याम्छाे लामा,राेशन कुमार तामाङ ,जेठा लामा र डुवा छिरिङ लामा छन् ।

यता,सुनकाेेसी गाउँपालिकामा पनि सभापतिका आकांक्षी धेरै देखिएका छन् । नरेश कार्की, रुपकाजी लामा, श्रवण जिसि, नेत्र कार्की र थुप्तेन भुटिया सभापतिका आकांक्षी छन् ।

यस्तै बलेफिमा झनक तिमल्सिना, कृष्ण भक्त नेपाल, अमृत अधिकारी , रामकुमार लामा सभापतिका आकांक्षी छन् ।

यता, जुगलमा सनत अधिकारी , सगुन श्रेष्ठ, बखतबहादुर अधिकारी ,निमाजाङबाे शेर्पा र बेनुदास श्रेष्ठ सभापतिका उम्मेदवार छन्।

चाैतारा साँगाचाेकगढीमा पनि आकांक्षीकाे लर्काे छ । चाैतारामा प्रेम दंगाल, ईन्द्र धिताल,हरिचन्द्र कुँवर र भगवान खड्का सभापतिका आकांक्षी छन् ।

इन्द्रावतीमा चारजना आकांक्षी छन् । जीवनकुमार थापामगर,नवराज भट्टराई, केशव श्रेष्ठ र बुद्धि प्रसाद भट्टराई आकांक्षी छन् ।

यस्तै मेलम्ची नगरपालिकामा पनि धेरै आकांक्षी छन् । मेलम्चीमा प्रकाश दाहाल, रामशरण गिरि, वसन्त गुरुङ , विष्णुप्रसाद घाेरासैनी र प्रशान्त नेपाल उम्मेदवारका आकांक्षी छन् ।

यता हेलम्बुमा पनि सन्च तामाङ , राजकुमार भण्डारी र बुद्धिमान तामाङ सभापतिका आकांक्षी छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!