बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिआज देशभर हुँदै माओवादी केन्द्रको वडा सम्मेलन

आज देशभर हुँदै माओवादी केन्द्रको वडा सम्मेलन


काठमाडौँ- नेकपा माओवादी केन्द्रको देशैभरका वडाहरुमा आज वडा सम्मेलन हुँदै छ । शनिबार एकै दिन ६ हजार ७ सय ४३ वडामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्दैछ।

पार्टीकाे केन्द्रीय कार्यालय पेरिशडाँडाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट सम्मेलनकाे उद्घाटन गर्ने बताइएकाे छ । बिहान ११ बजे उद्घाटन कार्यक्रम राखिएकाे छ ।

सदस्यता नवीकरण टुंगो लागेसँगै माओवादी केन्द्रको अब देशैभरि सदस्य संख्या ८ लाख पुगेको बताइएको छ । वडा अधिवेशनका लागि उसले देशभरका ६ हजार ७ सय ४३ वडामा पार्टीको निर्वाचन आयोग पनि बनाएको छ ।

आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनको क्रममा शनिबार वडा सम्मेलन हुने भएको हो । पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । जसअनुसार वडा सम्मेलनपछि यही मङ्सिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!