बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिजनताको गुनासा हटाएर भरोसाको पार्टी बनाउने: बरिष्ठ नेता पौडेल

जनताको गुनासा हटाएर भरोसाको पार्टी बनाउने: बरिष्ठ नेता पौडेल


ईन्द्रावती- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले यो गुनासो रहित पार्टी बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले जनताको आसा अब कांग्रेसमा मात्र भएकाले जनताको त्यो विश्वासको कदरगर्दै अगाडि बढ्नु विकल्प नभएको बताउनुभयो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोक द्वारा आयोजित श्रद्वाञ्जली सभा लाई सम्बोधन गर्दै पौडेलले जनताको भरोसाको पार्टी बनाउन आशन्न महाधिवेशनले ठुलो भूमिका खेल्ने बताउनुभयो । उहाँले महाधिवेशनले सहि नेतृत्व चुन्नेमा आफु ढुक्क रहेको बताउनुभयो । सोहि क्रममा पौडेलले देशलाई रूपान्तरण गर्नुपर्ने आवस्यकता रहेको समेत बताउनुभयो । स्वर्गीय मिरा अधिकारी लामा एक बिकास प्रेमी, सुसासन प्रेमी र लोकतन्त्रका हिमायती महिला भएको पनि पौडेलले बताउनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सदस्य तथा ईन्द्रावती गाउँपालिका उपाध्यक्ष स्व. मिरा अधिकारी लामा को २२ औँ पुण्य तिथिमा श्रद्वाञ्जली सभाको आयोजना भएको थियो कार्यक्रममा पार्टी जिल्ला सभापति विकास लामाले शोकलाइ शक्तिमा परिणत गरेर जिल्लामा नेपाली कांग्रेसलाई अझै सशक्त बनाउनु पर्ने बताउनुभयो ।

श्रद्वाञ्जली सभामा मन्तव्य राख्दै लामाले अबको महाधिवेशनले बिवेकशिल कांग्रेस बनाउने कुरालाई जोड दिनुपर्ने बताउनुभयो । श्रद्वान्जली सभामा स्वर्गीय मिरा अधिकारी लामालाई सम्झँदै जिल्लाले एक बिकास प्रेमी नेता गुमाएकोमा दुख ब्यक्त गर्नुभयो । सिन्धुपाल्चोकले एक कुसल र ईमान्दारीताको खानी लाई गुमाएका भन्दैलामाले आफु सभापती भएर आएपछि केही महिना भएको असहजतामा ९ महिना कार्यवाहक सभापतीको कुशल भुमिका पनि उनले निर्वाह गरेको लामाले स्मरण गर्नुभयो । स्व उपाध्यक्ष मिरा अधिकारी सभापति लामाको पत्नी हुन् ।

कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति आइतमान तामाङले पार्टीले कुशल नेता गुमाएको भन्दै उनले देखेको सपनालाई पार्टीले पुरा गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा मिरा लामाजस्तो धेरै नेता आवश्यकता रहेको औंल्याउदै क्षेत्रिय सभापति तामाङले शेकलाई सक्तिमा बदल्दै अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा ईन्द्रावती गाउपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका महासचिव बंशलाल तामाङले स्वर्गिय मिरा अधिकारी लामाको नाममा स्मृती भवन स्थापना गर्ने घोषणा गर्नुभयो । स्वर्गीय मिरा अधिकारी लामाको पार्थिव शरीर नभएपनि उहाँले गर्नुभएको कामले उहाँ अमर रहनुहुने तामाङले बताउनुभयो । उपाध्यक्षको काम र बिकास प्रतीको लगाव बाट आफुले धेरै कुरा सिकेको तामाङले सुनाउनुभयो । स्वर्गीय लामाले न्यायिक सम्पादनमा अतुलनिय योगदान दिएको स्मरण गर्दै न्यायिक क्षेत्रमा गाउँपालिकाले ठुलो फड्को मारेको जानकारी दिनुभयो । यसका साथै महिला सशक्तिकरणमा पनि उल्लेख्य योगदान दिएको अध्यक्ष तामाङले सुनाउनुभयो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!