बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिनेपाली विद्यार्थीको चीन फिर्तीबारे परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपाली विद्यार्थीको चीन फिर्तीबारे परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाडौं- परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच आज भेटवार्ता भएको छ।

सिंहदरबारमा भएको भेटवार्तामा मन्त्री खड्काले चीन फर्किन नपाएका विद्यार्थीलाई फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

मन्त्री खड्काले कोरोना संक्रमण फैलिएप पछि नेपाल आएका विद्याथीहरुलाई चीन फर्किन नपाएका विद्यार्थीलाई छिट्टै फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। राजदूत यान्छीले चीनले यसबारे गम्भिरतासँग पहल गरिरहेको जवाफ दिएकी थिइन्।

चीन फर्किन नपाएका नेपाली विद्यार्थीले आफूहरुलाई चीन जान अनुमति दिनुपर्ने माग गर्दै काठमाडौंमा समेत प्रदर्शन गरिसकेका छन्।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!