शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिराप्रपाको महाधिवेशन प्रतिनिधि चुनाव मंसिर ३ देखि ५ सम्म

राप्रपाको महाधिवेशन प्रतिनिधि चुनाव मंसिर ३ देखि ५ सम्म


काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको चुनाव गर्न मंसिर ३, ४ र ५ गतेको मिति तोकेको छ।

राप्रपाले कात्तिक २८ भित्र सक्रिय सदस्यताको शूल्क तिर्न पनि निर्देशन दिएको छ। शूल्क नतिरे सक्रिय सदस्यता स्वत: खारेज गरिदिने चेतावनी पार्टीको छ।

साथै कात्तिक ३० मा सक्रिय सदस्यको सूची जिल्लाहरूमा पुग्ने भएको छ। सक्रिय सदस्य सूचीमा मंसिर १ र २ मा दाबी विरोध गर्न पाइनेछ।

राप्रपाको महाधिवेशन मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!