शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिबागमती प्रदेश मन्त्रिमण्डल विस्तार, दुई मन्त्री थप

बागमती प्रदेश मन्त्रिमण्डल विस्तार, दुई मन्त्री थप


काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कात्तिक ११ गते मुख्यमन्त्रीको सपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका पाण्डेले थप दुई मन्त्री थपेका हुन्।

मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाएका हुन्। जम्मकट्टेल आर्थिक मामिला तथा योजनामन्त्री र लामा स्वास्थ्यमन्त्री बनेका छन्। उनीहरुले साँझ ६:२० बजेको समयमा प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण गरेका हुन्।

पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्र संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका थिए। भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!