शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिसांसद दुलालको संयोजकत्वमा वाग्मती प्रदेश सरकारलाई सहयोग गर्न कार्यदल गठन

सांसद दुलालको संयोजकत्वमा वाग्मती प्रदेश सरकारलाई सहयोग गर्न कार्यदल गठन


मकवानपुर-  वाग्मती प्रदेश सरकार सञ्चालनमा सहयोग गर्नका लागि सत्तारुढ गठबन्धनले ६ सदस्यीय कार्यदल गठन गरेको छ । नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालको संयोजकत्वमा प्रदेश सरकार सञ्चालनमा सहयोग गर्न कार्यदल गठन गरिएको हो ।

मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल, काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँसहितको परामर्शमा कार्यदल गठन भएको हो । कार्यदल सदस्यमा माओवादीबाट बुद्धिमान माझी, नेपाली काँग्रेसबाट राधा घले, प्रभात तामाङ र नेकपा एकीकृत समाजवादीबाट माधव पौडेल, मीना ज्ञवाली रहेको कार्यदल सदस्य सांसद तामाङले जानकारी दिए ।

संयोजक दुलालका अनुसार कार्यदलले गठबन्धनबीच न्यूनतम साझा कार्यक्रम तयार गर्ने, गठबन्धनबीच सहमति, सहकार्य एवम् समझदारी कायम गर्ने र सरकारको कार्यक्रम कार्यान्वयनलाई मितव्ययी, प्रभावकारी, भ्रष्टाचार शून्य बनाउने लगायतका काम गर्नेछ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!