शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिएमालेको १० औं महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने

एमालेको १० औं महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने


नेकपा (एमाले) को १० औं महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ।

महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो। महाधिवेशन मूल व्यवस्थापन समितिका सह-संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट एक सय उठाउने निर्णय भएको जानकारी दिए।

नेकपा (एमाले)को सदस्य संख्या सात लाख छ। यसबाट सात करोड उठ्ने अनुमान गरिएको छ।

महाधिवेशन प्रतिनिधिबाट दुई हजार रुपैयाँ र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार रुपैयाँ उठाइने उनले जानकारी दिए।लाभका पदमा रहेकाबाट समेत शुल्क उठाइँदै छ।पाण्डेका अनुसार उनीहरूबाट के कति उठाउने भन्ने बारेमा टुंगो लागिसकेको छैन। अन्यको लेभि उठाउन सर्कुलर गरी सकिएको उनले जानकारी दिए।

महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गरिने छ। मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने जनाइएको छ।

महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिँदै छ। सो अवसरमा देशभरबाट पाँच लाखको हाराहारी नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ।

बन्द सत्र सौराहाको बाघमारा चौरमा गरिँदै छ। सबै विभागबाट खर्चको अनुमानित रकम आइनसकेकाले के कति खर्च हुन्छ भने अनुमान गरिनसकेको पाण्डेले बताए।

यसअघि नवौं महाधिवेशनमा ६ करोड रुपैयाँ र त्यसअघि आठौंमा तीन करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए। योसँगै नेकपा एमालेले बाहिर महाधिवेशनका लागि चन्दा नउठाउने देखिएको छ।

नेकपा एमालेको केन्द्रिय समिति २२५ सदस्यीय छन्। तीमध्ये १५ पदाधिकारी रहेका छन्।

पाण्डेका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सचिव सात जना रहने व्यवस्था छ। उनीहरू महाधिवेशनबाट निर्वाचित हुने छन्।

महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने सह-संयोजक पाण्डेले बताए। बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!