शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिजनताले बहुमत दिएपनी निराशा मात्रै पाएको राप्रपा अध्यक्ष राणाको भनाई

जनताले बहुमत दिएपनी निराशा मात्रै पाएको राप्रपा अध्यक्ष राणाको भनाई


सिन्धुपाल्चोक- राप्रपा केन्द्रीय अध्यक्ष पशुपती शम्शेर जँगबहादुर राणाले देउवा सरकारबाट पनि जनताले आश गर्ने ठाउँ नभएका बताउनुभयो ।

राणाले सिन्धुपाल्चोकको चौतारामा राप्रपाको जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै तिन टुक्रा भएको कम्युनिष्ट र घिस्रिएर काँग्रेस हिडिरहेकाले यसको फाईदा राप्रपाले छोप्न सक्नुपर्नेे धारणा राख्नुभयो।

राणले आफुले २० सालतिरबाट सिन्धुपाल्चोकमा राजनिति सुरुवात गरेको स्मरण गर्दै ५ दशक राजनितिक जिवनमा सिन्धुपाल्चोकको विकासले काँचुली फेरेको समेत बताउनुभयो । आफ्नो राजनितिक जिवनमा विकासको लहर आएको र यो यात्राले लामो समयसम्म निरन्तरता पाएको समेत राणाले बताउनुभयो ।

राप्रपा जिल्ला अध्यक्ष नरसिंह श्रेष्ठ (गोपाल) को सभापतित्वमा भएको कार्यक्रममा कार्यसम्पादन समितिका केन्द्रीय सदस्य केदार धमला , केन्द्रीय सदस्यहरु रमेश कुमार लामा , पुष्कर ढुँगेल, उदय सापकोटा, दईन्द्र वहादुर ठकुरी, यस्मीन ढुँगाना , सिन्धुपाल्चोक २ नम्बर क्षेत्र प्रदेश (क) का अध्यक्ष तथा केन्द्रीय सदस्य बाबुराम खड्का , केन्द्रीय सदस्य निर्मला श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा जिल्ला सचिव नातिकाजी सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो भने जिल्ला सहसचिव दिपक थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

 


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!