बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिवागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् ।

सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य छन् ।  विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ ।

उनको विपक्षमा ४३ मत खसेको थियो । प्रदेशसभामा १३ सांसद रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेलाई माओवादी केन्द्र २३, कांग्रेस २२ र जसपाका १ सांसदले मत प्रदान गरेका थिए ।

प्रदेशसभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमैया घले अनुपस्थित रहे ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मितिले एक महिनामा सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले सोमबार विश्वासको मत लिएका हुन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!