शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीति२४–२६ मंसीरमा कांग्रेसको केन्द्रीय महाधिवेशन

२४–२६ मंसीरमा कांग्रेसको केन्द्रीय महाधिवेशन


कार्तिक १२, काठमाडौ ।  नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन २४ देखि २६ मंसीरमा हुने भएको छ। बिहीबार बसेको कांग्रेस निर्वाचन समितिको बैठकले महाधिवेशनको नयाँ मिति तय गरेको हो।

समितिका अनुसार, केन्द्रीय महाधिवेशन काठमाडौंमा हुनेछ। त्यसैगरी, प्रदेश अधिवेशन १६ र १७ मंसीरमा हुने कार्यतालिका सार्वजनिक गरिएको छ।  बाँकी रहेका वडा र नगरको अधिवेशन २७ कात्तिकमा हुनेछ। ३० कात्तिकमा गाउँ, नगरपालिका अधिवेशन, ३ मंसीरमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!