शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिप्रतिनिधिसभाको आजको बैठक पनि एमालेले चल्न नदिने

प्रतिनिधिसभाको आजको बैठक पनि एमालेले चल्न नदिने


कार्तिक ११, काठमाडौ । आज दिउँसो २ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नेकपामा एमालेले अवरोध गर्ने भएको छ । विगत केही समयदेखि निरन्तर बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालले आज पनि अवरोध जारी राख्ने भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७र७८’ पेश गर्ने सम्भावित कार्यसूची छ । तर एमालेले भने बैठकमा अवरोध गर्ने तयारी गरेको बुझिएको छ ।

यसअघि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई पार्टीले कारवाहीको पत्र सभामुख अग्नि सापकोटालाई दिए पनि सभामुखले कारवाहीको प्रक्रिया अघि नढाएपछि एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको थियो । सभामुख सापकोटाले संसद्को अवरोध हटाउन भनी गरेको आग्रह समेत एमालेले अस्वीकार गर्दै आएको छ ।

एमालेले गत भदौ १ गते माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गर्न सभामुखलाई पत्र पठाएको थियो । तर सभामुखले सो पत्रलाई आलटाल गरिरहे भने उता एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन गर्न माधवलाई सहज भयो । यसै घटनाबाट रुष्ट एमालेले संसदमा अवरोध गरेर सभामुखलाई असहयोग गर्दै आएको हो ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!