बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठराजनीतिव्यक्ति केन्द्रित राजनीतिक तमासाः पाण्डे ईन–शाक्य आउट

व्यक्ति केन्द्रित राजनीतिक तमासाः पाण्डे ईन–शाक्य आउट

पार्टी गठनको दुई महिना: नेकपा समाजवादीलाई मुख्यमन्त्रीको पासा पल्टिदै


हेटौंडा, कार्तिक १० । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे बिहीबार बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुने लगभग निश्चित भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज राजीनामा दिएपछि नयां मुख्यमन्त्री नियुक्तिका लागि बाटो खुलेको हो ।

संघीय सरकारमा गठबन्धन गरिरहेका चार दलमध्ये प्रदेश सभामा रहेका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले यसअघि नै पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेका छन् ।

मुख्यमन्त्री शाक्यको राजीनापछि अब प्रदेश प्रमुखले निश्चित समय दिएर नयां सरकार गठनका लागि आह्वान गरेका छन् । माओवादी केन्द्रका सांसद विशाल खड्काले प्रदेश प्रमुखले भोलिसम्मको समय दिएर सरकार गठनको आह्वान गरेको र पाण्डे भोलि मुख्यमन्त्री नियुक्त हुने बताए ।

भोलि नै गबन्धनबाट एक÷एक जना मन्त्रीले शपथ लिने तयारी गठबन्धनले गरेको छ । द्धिपक्षीय सहमति अनुसार पाण्डे झण्डै सात महिना मुख्यमन्त्री हुनेछन् र गठबन्धनबीचको सहमति अनुसार त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियँं मुख्यमन्त्री बन्नेछन् ।

व्यक्ति केन्द्रित राजनीतिक द्धन्द्ध
तत्कालीन नेकपा एमाले भित्रको व्यक्ति केन्द्रित राजनीतिक द्धन्द्ध कै परिणाम गठन भएको माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले पार्टी गठनको दुई महिना मै वाग्मति प्रदेशको मुख्यमन्त्री पद सम्हाल्न लागेको हो ।

राजनीतिक तथा सांगठानीक हैंसेत भन्दा बढी–केन्द्रिय सत्ता समिकरणमा गरेको योगदानका आधारमा नेकपा एस बाग्मतिमा मुख्यमन्त्रीको पहिलो हकदार बनेको हो ।

माधव कुमार नेपाल सहित तत्कालीन एमालेबाट चुनाव जितेका सङ्घीय संसद्को दुवै सदनका १५४ एमाले सांसदमध्ये २९ जनाले निर्वाचन आयोगमा पुगेर एकीकृत समाजवादीमा सहभागी हुन सनाखत गराएका थिए ।

लगत्तै भदौ १० गते नयां दलको मान्यता पाएको नेकपा एसले ठिक दुई महिना पछि वाग्मति प्रदेशमा एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई अल्पमतमा पारेर राजिनामा गर्न बाध्य बनाई सत्ता समिकरणमा बाजी मारेको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्ने प्रस्तावको प्रक्रिया सुरु गरेपछि प्रदेश सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसले ईन्द्र बहादुर बानियांलाई मुख्यमन्त्री बनाउने प्रस्ताव अघि सारेको थियो ।

तर समाजवादीले अडान नछाडेपछि आलोपाली सरकारको नेतृत्व गर्ने भद्र सहमतिका आधारमा पहिले पाण्डेले बांकी आधा कार्यकाल सरकारको नेतृत्व हस्तान्तरण गर्न लागीएको हो ।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेकोमा सोही प्रस्तावको बुधवार छिनोफानो हुनेभएपछि शाक्यले आफ्नो धारणा राख्दै पदबाट राजिनामा दिएकी हुन् ।

प्रदेशसभाको समीकरण अनुसार शाक्य अल्पमतमा परेपछि तत्कालै राजिनामा दिन लागेकी थिईन । तर नेकपा एमालले संसदीय राजनीतिक अभ्यासबाट भाग्न नहुने भन्दै शाक्यलाई विश्वासको मत परिक्षण गर्न दवाव दिएको थियो ।

वाग्मति प्रदेश सभामा हाल रहेका १ सय ९ प्रदेशसभा सदस्यमध्ये शाक्यलाई ४३ जना नेकपा एमालेका सांसदले मात्रै समर्थन गरेपछि पाण्डेलाई यो प्रदेशको तेस्रो मुख्यमन्त्री बन्न सहज भएको हो । तथापी वाम्गति प्रदेश सभामा नेकपा (एकीकृत समाजवादी) का १३ जना मात्रै सांसद छन् ।

गठबन्धनबाट मुख्यमन्त्रीको साझा उम्मेदवार बनाइएका राजेन्द्र पाण्डेलाई नेकपा माओवादी केन्द्रको २३, नेपाली कांग्रेसको २२ र स्वतन्त्र (हाल जसपा) को १ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन् ।

यही समिकरणका आधारमा एमाले विरुद्धको गठबन्धनले कार्तिक ४ गते पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको थियो । केन्द्रमा भएको सहमतिका कारण मुख्यमन्त्रीका नजिकका दावेदार कांग्रेस नेता इन्द्रबहादुर बानियां भने पाण्डेले राजिनामा दिएपछि मुख्यमन्त्री बन्ने लाईनमा बसेका छन् ।

भद्र सहमति पालना भएमा अथवा कुनै अप्रत्यासीत राजनीतिक घटना नभएमा वाग्मति प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार बानियां अबको सात महिनापछि मुख्यमन्त्री बन्ने छन् ।

सम्बृद्ध प्रदेश निमार्ण तथा जनजिविकाको प्रश्नमा निरन्तर उदासिन बन्दै आएको प्रदेश सभाले ३ वर्षको अबधीमा तेस्रो मुख्यमन्त्री चुनेको हो । तर नागरिक स्तरबाट भने सत्ताको छिनाझम्टीमा अल्मलिने प्रदेशको औचित्य र आवाश्यकता माथि नै प्रश्न उठिरहेको छ ।

बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । बुधबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले २४ घण्टा भित्र अर्थात बिहीबार दिउँसो ३ बजेसम्म मूख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका छन् ।

मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमतको अर्को सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेशसभामा पेश गरेको

२४ घण्टा भित्र मूख्यमन्त्रीमा दावी गर्न आह्वान
विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश प्रमुखसमक्ष राजीनामा दिएकी थिइन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यम्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!