शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिपाँचौँ पटक कांग्रेस केन्द्रीय महाधिवेशन सर्दै

पाँचौँ पटक कांग्रेस केन्द्रीय महाधिवेशन सर्दै


कार्तिक १०, काठमाडौ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतका प्रक्रिया छठपछि सुरु हुने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले कांग्रेस पदाधिकारीसँग छलफलपछि यस्तो तयारी गरेको हो।

निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले तिहार र छठका कारण अधिवेशन लगातार गर्न सम्भव नहुने भएपछि छठपछि सुरु गर्ने तयारी थालिएको जानकारी दिए ।

यादवले छिट्टै निर्वाचन समितिको बैठक बसेर नयाँ कार्यतालिका सार्वजनिक गर्ने जानकारी दिएका छन् । कांग्रेसले तीन जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लगााउन सकेको छैन ।

५७ जिल्लामा पालिका तहको अधिवेशन मात्र सम्पन्न भएको छ। कार्यतालिकाअनुसार काम नहुँदा छैटौँपटकको कार्यतालिकासमेत प्रभावित बन्न पुगेको थियो ।

कार्यतालिका अनुसार मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशनको कार्यतालिका रहेको थियो। संयोजक यादवले महाधिवेशन सम्पन्न गर्न लाग्ने समयबारे भने निर्वाचन समिति बैठकपछि मात्र टुंगो लाग्ने बताएका हुन्।

मंगलबारको पदाधिकारी बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी कार्यतालिका बनाउन निर्देशन दिएका थिए ।

बैठकले महाधिवेशन कार्यतालिका बनाउन निर्वाचन समितिलाई पूर्ण अधिकार दिएको संयोजक यादवले जानकारी दिए। कांग्रेसले यसअघि मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको थियो ।

हालसम्म अधिवेशनअन्तर्गत ५१ जिल्लामा स्थानीय तहको अधिवेशन सम्पन्न गरेको छ भने १३ जिल्लामा जिल्ला तहसम्मको अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी १३ जिल्लामा भने वडा तहको अधिवेशनसमेत सुरु हुन सकेको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यताको विवाद नै टुंगिन सकेको छैन।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!