शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिएमालेको मेलम्ची नगर अधिवेशन कार्तिक १५ सम्मलाई सर्‍यो

एमालेको मेलम्ची नगर अधिवेशन कार्तिक १५ सम्मलाई सर्‍यो


कार्तिक १०, चौतारा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को महाधिवेशन तालिका अनुसार कार्तिक ९ गते नै हुनुपर्ने एमालेको मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन पुनः सरेको छ ।

यसअघि कात्तिक नौका लागि तयारी नपुगेको भन्दै कार्तिक १३ गतेका लागि सारिएको अविबेशन पुनः प्राविधिक कारण देखाउदैं कात्तिक १५ गतेका लागि सारिएको हो ।

नगर अधिवेशन आयोजक कमिटीको हिजो मेलम्ची बजारमा बसेको दोस्रो पुर्ण बैठकले अधिवेशन सारेको नेकपा एमालेका नेता शेरवहादुर तामाङले सिन्धुखवरलाई बताए ।

केन्द्रको निर्णय अनुसार देशभर एकैदिन पालिका अधिवेशन ९ गते गर्ने भनिए पनि मेलम्चीमा भने पूर्वनिर्धारित मिति दोस्रो पटक सरेको हो ।
पाटी अध्यक्ष केपी शर्मा ओलीको समय व्यवस्थापन र केहि प्रविधिक कारणले अधिवेशन २ दिन अर्थात कार्तिक १५ गते सार्नु परेको नगर संयोजक तथा मेलम्ची प्रमुख डम्बरबहादुर अर्यालले जानकारी दिए ।

नगर अधिवेशनको उद्द्घाटनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै निमन्त्रणा गर्ने निर्णय भएकाले अध्यक्षको कार्यव्यस्ततालाई हेरेर कार्तिक १५ मा मिति तोकेको अर्यालको दावी छ ।

यसअघि पनि आन्तरिक तयारी तथा देशभर निम्तिएको विपत्तीका कारण देखाउंदै नगर अधिवेशन सारीएको थियो । यो नगर अधिवेशनले नगरमा एमालेको नयां बैधानीक नेतृत्व चयन गर्नेछ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!