शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिअल विदा ! मिरा अधिकारी (लामा) …

अल विदा ! मिरा अधिकारी (लामा) …


सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापती विकास लामा की धर्मपत्नी मिरा अधिकारी लामा को आज बौद्ध परम्परा अनुसार अन्त्यष्ठि गरिएको छ ।

लामाको पार्थिव शरिर काठमाडौको बौद्ध नयांबस्ति स्थित् जम्वो डांडामा लैजानु अघि जोरपाटी स्थित् माकलवारी गुम्वा परिसरमा राष्ट्रिय झण्डा तर नेपाली कांग्रेसको झण्डा ओढाएर श्रद्धान्जली दिईएको थियो ।

ईन्द्रावती गाउँपालिकाको निर्वाचित उपाध्यक्ष समेत रहेकी मिरा लामा अधिकारीको पार्थिव शरिरमा नेपाली कांग्रेसका नेता डाक्टर प्रकाश शरण महत र मोहन वहादुर वस्नेतले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका थिए।

शिक्षण अस्पतालबाट लामाको शव हिजै माकलवारी गुम्वामा लगिएको थियो । अन्मित संस्कारका लागि लैजानु अघि गुम्वा परिसरमा भएको श्रद्धान्जली कार्यक्रममा, नेपाली कांग्रेसका नेता डाक्टर महत र बस्नेतले, जिल्लाको पार्टी राजनीति तथा महिला जागरणका क्षेत्रमा राम्रो संभावना बोकेकी महिला नेतृ लामाको असामयिक निधनले अत्यन्तै मर्माहत भएको बताए ।

त्यस्तै ईन्द्रावती गाउँपालिकाका निर्वाचित अध्यक्ष तथा गाउंपालीका महासंघका महासचिव वंशलाल तामाङले लामाको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाई गरेका थिए ।


अध्यक्ष तामाङले नेतृ लामासंग एउटै पालीकामा जनप्रतिनिधिका रुपमा सहकार्य गर्दाको अनुभव सुनाउंदै प्रजातान्त्रीक आन्दोलनमा लामाको निधनले ठूलो क्षेती पुगेको बताए ।

लामाको निधनमा इन्द्रावती गाउँपालिकामा आज बिदा दिइएको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाकी धर्मपत्नी मीराको निधनप्रति गाउँपालिका महासंघ, नेपाली काँग्रेस सिन्धुपाल्चोक लगायत विभिन्न पालिका तथा संघ संस्थाले दुख व्यत्त गरेका छन् ।

लामाको बौद्ध परम्परा अनुसार अन्त्येष्ठी गर्नुअघि नेपाली कांग्रेसका नेताहरु रामशरण महत, कमला पन्त, प्रकाश स्नेही, निमा लामा, गणेश लामा लगाएतले श्रद्धान्जली अपर्ण गरेका थिए । स्वर्गिय लामाको ३ वटा छोरी रहेका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!