शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठराजनीतिभिम आचार्यले विश्वासको मत नपाउंदा राजेन्द्र राईको भाग्य चम्किने

भिम आचार्यले विश्वासको मत नपाउंदा राजेन्द्र राईको भाग्य चम्किने


कार्तिक ७ । आज प्रदेश १ मा एमाले नेतृत्वको सरकारले विश्वासको मत सामना गर्दैछ । मुख्मन्त्री भीम आचार्यले विश्वासको मत नपाएमा आजै एमालेबाट फुटेर गएको नेकपा एस.का नेता राजेन्द्र राईको मुख्यमन्त्री बन्ने बाटो खुल्ने छ ।

किनकी अहिलेको संसद भित्रको समिकरणमा आचार्यले विश्वासको मत पाउने सम्भावना छैन । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश १ मा एमालेसँग ४१ जना सांसद छन् । तीमध्ये एक जना सभामूख छन् ।

अर्का एक सांसद सरकारी कागजत किर्ते गरेको मुद्दामा फरारको सूचीमा छन् । अहिले उपलव्ध संख्यामा सरकार जोगाउन ४७ सदस्य आवश्यक छ । आचार्यले विश्वासको मत नपाउँदा प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका युवा नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन् ।

भोजपुरको षडानन्द नगरपालिका स्थायी घर भएका राजेन्द्र भोजपुर क्षेत्र नम्बर क बाट एमालेको तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

उनी १९ हजार दुई सय ९७ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनको मत निकतटम प्रतिद्वन्द्वी संघीय समाजवादीका अजम्बर काङ्माङ राईभन्दा सात हजार सात सय ५६ मत बढी ल्याएका थिए ।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गरेका राजेन्द्र अनेरास्ववियूको दुई कार्यकाल अध्यक्ष भए । उनी ५६ देखि ५९ र ५९ देखि ६१ सालसम्म उनी अनेरास्ववियूको दुई कार्याकाल अध्यक्ष भएका थिए ।

विद्यार्थी राजनीतिको उपल्लो तहमा पुगेपछि राजेन्द्र भोजपुर भन्दा बढि काठमाडौंमै केन्द्रित थिए । एमालेको बुटबलमा सम्पन्न नवौ महाधिवेशनबाट राजेन्द्र राई केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

त्यसपछि पूर्वि नेपालमा राईलाई संभावना बोकेका युवा नेताका रुपमा हेरिंदै आएको छ । एमाले नेता माधब नेपाल नजिक रहेका राजेन्द्रलाई भीम आचार्य र शेरधन राईका बीचमा मुख्यमन्त्रीको रूपमा प्रतिस्पर्धा हुँदा पनि विकल्पको रूपमा चर्चामा थिए । तर मुख्यमन्त्रीमा शेरधन राई र भीम आचार्यले बाजी मारेपछि राई अहिले तेस्रो पटक मुख्यमन्त्रीको दौडमा पहिलो नंवरमा परेका हुन् ।

पछिल्लो राजनीतिक विवादमा आचार्यलाई मुख्य मन्त्री बनाउन र शेरधन राईलाई मुख्यमन्त्रीबाट हटाउन सक्रिय भएका राजेन्द्र राई एमालेमा भएको १० बुँदे सहमतिसँगै एकीकृत समाजवादीमा लागेका हुन् ।

अहिले तिनै राईले एमालेमा लागेका पूर्व सहयोगी भीम आचार्य नेतृत्वको सरकार गिराएर आफैं मुख्य मन्त्री बन्ने समिकरणमा बाजी मार्न लागेका छन् ।

तर नेपाली कांग्रेस भित्र, नेकपा समाजवादीले प्रदेश एक र वाग्मति प्रदेशको मुख्यमन्त्री पाउने राजनीतिक हैंसेत बनाएकै छैन भन्दै प्रधानमन्त्री शेरवहादुर देउवाको तिव्र आलोचना भईरहेको छ ।

सत्ता संकट टर्ने संकेत

यसैबीच, प्रदेश १ मा सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवैले संसद् बैठक स्थगित गर्न माग गरेका छन् । मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची भएपनि दुवै दलले बैठक स्थगित गर्नका लागि माग गरेका हुन् । एमाले विभाजन भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

सुरुमा कांग्रेसका मुख्य सचेतक केदार कार्कीले बाढी पहिरो निरीक्षण गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रहेको र त्यसमा सांसदहरु सहभागी हुन पर्ने भन्दै आइतबारको बैठक स्थगित गर्नका लागि माग गरेको थियो । प्रधानमन्त्री देउवा बाढी पहिरोले गरेको क्षति निरीक्षण गर्नका लागि पूर्वी क्षेत्रको भ्रमणमा रहेका छन् ।

त्यस लगत्तै सत्तारुढ एमालेले पनि पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भएकाले बैठक कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गर्न माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता गरेका हुन् ।

एमालेको पालिका अधिवेशन मंगलबार एकै पटक हुँदैछ । त्यसैगरी, एमालेको दसौं महाधिवेशनको विषयमा छलफल गर्नका लागि शुक्रबारबाट एमाले केन्द्रीय कमिटीको बैठक हुँदैछ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!